काठमाडौं । नबिल बैंकले डिजिटल बैंकिङ तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा भएको कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।
बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयाम, डिजिटल बैंकिङ, क्युआर कोड र अन्य सेवा सुविधाबारे विशेष प्रस्तुति दिएको थियो ।
वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस्तै नबिल बैंकका तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको पनि उपस्थिथि थियो ।
कार्यक्रममा बोल्दै बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।
बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवसदेखि दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको उक्त कार्यक्रम हाल १०० शाखामा विस्तार गरेको छ ।
दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।