काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २७.९२ अंकले घटेर २ हजार १०.०१ बिन्दुमा झरेको छ ।
आइतबार २ हजार ३५ बिन्दुमा खुलेको बजार घटेर २०१०.०१ बिन्दुमा झरी बन्द भएको छ । घटेको बजारमा करिब दुई अर्बको कारोबार भएको छ ।
यस दिन नेप्से उच्च २ हजार ४३ बिन्दु र न्यून २ हजार ७ बिन्दुमा झरेको थियो ।
नेप्से परिसूचक घटे पनि नेप्सेमा १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७२ करोडको कारोबार भएको थियो ।
अघिल्लो साता निरन्तर घटेको बजारले साताको पहिलो कारोबार दिन पनि ओरोलो यात्रा जारी राखेको छ ।
यस दिन नेप्सेमा २ सय २७ कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका २२७ कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य बढेको छ भने १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै अन्य ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.१० प्रतिशतले बढेको छ ।
त्यस्तै, गुँरास लघुवित्तको सर्वाधिक ७.०९ प्रतिशत र हिमालयन डिस्टिलरी कम्पनीको ६.१० प्रतिशतले घटेको छ ।
यस्तै हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख रुपैयाँर नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।