काठमाडौं । निरन्तर उत्कृष्टताका नयाँ–नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ । र, पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।
सेडान र ह्याचब्याक श्रेणीका गाडीहरूभन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरूले रोजिरहेका छन् । फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको छ ।
नेपाली बजारमा विभिन्न एसयूभी ब्रान्डहरूबीचको तीव्र प्रतिस्पर्धामा नेक्सन अन्यभन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि तीन महत्वपूर्ण तत्व छन् । यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा ।
यही कारण नेक्सनले धेरैभन्दा धेरै ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरूलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ट पहिचान बनाइरहेको छ ।
१२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्वितीय छ । २०९ मिलिमिटर लामो ‘ग्राउन्ड क्लेरेन्स’ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चारपांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ ।
त्यसैगरी, आजभन्दा एक वर्षअघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा विक्री वितरण आरम्भ गरिएको नेक्सन ईभी (विद्युतीय गाडी) ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरूको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको छ ।
यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्युतीय गाडीको पर्यावरण प्रणालीमा (ईभी ईको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो ।
१८ भन्दा बढी फास्ट चार्जिङ र १२० भन्दा बढी स्लो चर्जिंग संजालहरूसहित यस ईभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिंग एपको सुविधा प्रदान गरिरहेको छ । नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सन इभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्छ ।
नेक्सन नेपालको अग्रणी एसयूभीका रूपमा स्थापित हुनुले यसका हरेक प्रकृतिका गाडीहरूले नेपाली ग्राहकहरूको माया र विश्वास जितेको प्रष्ट्याउँछ ।