काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को असार महिनासम्ममा निर्जीवन बिमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।
सञ्चालमा रहेका २० निर्जीवन बिमा कम्पनीले गत असारसम्म सो बिमाशुल्क आर्जन गरेका हुन् ।
कम्पनीहरुले असार महिनामा मात्रै ५ अर्ब २८ करोड ६३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।
समितिको तथ्यांकअनुसार असार महिनासम्ममा सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ५ अर्ब ९२ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड, राष्ट्रिय बिमा २ अर्ब ६४ करोड, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड आर्जन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३७ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब १४ करोड, हिमालयन जनरलले २ अर्ब ६ करोड, आईएमई जनरलले १ अर्ब ७७ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, युनाटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् ।
त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड, एभरेस्ट इन्स्योरेन्सले १ अर्ब २२ करोड, सानिमा जनरलले १ अर्ब ४ करोड, नेसनल इन्स्योरेन्सले ९० करोड ६६ लाख र जनरल इन्स्योरेन्सले ९० करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।