काठमाडाैं । लामो समयदेखि वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरका सुन्दर घिमिरे आफूले विदेशबाट कमाएको पैसा नेपालमा कहाँ–कसरी जम्मा गर्ने भन्ने अन्योलमा थिए ।
'विदेशबाट पठाएको रेमिट्यान्सलाई बैंकबाट भुक्तानी गर्नुपर्ने भन्ने सरकारले नियम बनाएको रहेछ तर रेमिटेन्स बैंकबाट पठाउँदा, त्यो पैसा बैंकमा जम्मा गर्दा कति फाइदा हुन्छ भन्ने चाहिँ हामीलाई अन्यौल नै थियो,' घिमिरेले भने, 'एनआईसी एसिया बैंकमा बुझ्दा सबैभन्दा बढी ब्याज, बिमा र अन्य थुप्रै विशेष सुविधा भएको सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता बैंकले ल्याएको रहेछ ।'
एनआईसी एसिया बैंकले नेपालकै बैंकिङ क्षेत्रकै सर्वाधिक ब्याजदर भएको सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याएको हो, जसको ब्याजदर ९.०३ प्रतिशत छ । जुन कतिपय बैंकले साधारण मुद्दति खातामा दिने ब्याजदर बराबर हो ।
यतिबेला देशको विदेशी मुद्राको भण्डार घट्दै गइरहेको अवस्थामा सरकार आफैंले रेमिट्यान्स आकर्षित गर्नका लागि अनुरोध गरिरहेको बेला एनआईसी एसिया बैंकले राष्ट्रको अर्थतन्त्रप्रति जिम्मेवार साझेदारको हिसाबले यो विशेष योजनालक्षित खाता सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।
रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नका लागि ठूलो भूमिका खेल्दै आएको उनकाे भनाइ छ । 'रेमिट्यान्सलाई अहिलेसम्म ‘मनीट्रान्सफर’ वा व्यक्तिगत रुपमा ल्याइने रकमका रूपमा मात्र हेर्दै आयौं', न्यौपानेले भने, 'मुलुकको विदेशी विनिमयको सञ्चिति बढाउनका लागि पनि रेमिट्यान्सको प्रमुख भूमिका रहने भएकाले हामीले रेमिट्यान्स आर्जक र उहाँका परिवारका लागि लाभ पुगोस् भनेर यो विशेष खाता सञ्चालनमा ल्याएका हौं ।'
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलनामा पहिलो ८ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेको भए पनि चैत्र महिनामा रेमिट्यान्स बढेको छ । २०७८ चैत्र महिनमा ९१ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ, गत वर्ष २०७७ चैत्र महिनामा ७४ अर्ब रुपैयाँ भित्रिएको थियो ।
विदेशमा रहेका नेपाली तथा उहाँकाे परिवारका लागि विशेष लाभसहितका बचत योजना ल्याएमा विदेशमा आर्जन गरेकाे आफ्नो कमाइ बचत गरेर स्वदेश पठाउन सुरू गर्ने उनकाे विश्वास छ ।
एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता’ अन्तर्गत तीन श्रेणीका खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २० हजार रुपैयाँ मौज्दात रहनु पर्ने गुडविल एम्बेसडर श्रेणीको खाता, न्यूनतम १० हजार रुपैयाँ मौज्दात रहनुपर्ने प्राइड श्रेणीको खाता र न्यूनतम ५ हजार रुपैयाँ मौज्दात रहनुपर्ने पार्टनर श्रेणीको खाता रहेका छन् ।
एनआईसी एसिया बैंक आफैंले सञ्चालनमा ल्याएका समान किसिमका ‘सर्वश्रेष्ठ बचत खाता’ सिरिजका अन्य खातामा भन्दा सर्वश्रेष्ठ रेमिट्यान्स बचत खातामा रहनुपर्ने न्यूनतम मौज्दातको रकम घटाइएको छ भने ब्याजदर सर्वाधिक ९.०३ प्रतिशत कायम गरेको छ । रेमिट्यान्स आर्जकहरूको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना ‘स्विप इन–स्विप आउट’ सुविधा पनि दिइएको जानकारी दिएको छ ।
बैंकका अनुसार यो सुविधाअन्तर्गत खातावालाको बचत खातामा कुनै पनि दिन २ लाख रूपैयाँ भन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइनेछ ।
'यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । यस सुविधाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ,' बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम ग्राहकको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।
बैंकका अनुसार यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट वा झिक्नुभएको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुनेछ । ग्राहकले रेमिटेन्स बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाख रूपैयाँसम्मका ३ बिमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू पाउने बैंकले जानकारी दिएको छ ।
रेमिट्यान्स आर्जकहरूले मात्र नभई सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता अन्तर्गत प्राइड श्रेणीका खातावालाले आफूसहित निजले तोकेको अतिरिक्त १ जनाले र गुडविल एम्बेसडर श्रेणीमा खातावाला सहित निजले तोकेको अतिरिक्त ३ जनाले दुर्घटना बीमा, घातक रोग बिमा र औषधोपचार बिमा पाउने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार प्राइड श्रेणीको खातामा २०–२० लाखको दुर्घटना बिमा र घातक रोग बिमा तथा २ लाख रुपैयाँसम्मको औषधोपचार रोग बिमा रहेको छ भने गुडविल एम्बेसडर श्रेणीको खातामा ४०–४० लाख रुपैयाँको दुर्घटना बिमा र घातक रोग बिमा तथा ४ लाख रुपैयाँसम्मको औषधोपचार रोग बिमा रहेको छ ।
यसैगरी पार्टनर श्रेणीमा १०–१० लाख रुपैयाँको दुर्घटना बिमा र घातक रोग बिमा तथा १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा रहेको छ । बैंकका अनुसार सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता योजना अनुसार गुडविल एम्बेसडर श्रेणीको खाता खोल्ने ग्राहकले ८४ लाख रूपैयाँसम्मको बिमा फाइदा प्राप्त गर्न सक्नेछन् ।
यसमा खातावाला र खातावालबाट मनोनित ३ अन्य व्यक्तिले दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा १० लाख रूपैयाँको दुर्घटना बिमा, १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि १० लाख रूपैयाँको घातक रोग बिमा तथा मेडिकल जाँच वापत १ लाख रूपैयाँ (अस्पताल भर्नामा ८० हजार रूपैयाँ र बहिरंग उपचारमा २० हजार रूपैयाँ) सम्मको मेडिकल बिमा पाउने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उपरोक्त उल्लेखित बिमा फाइदाहरू वापत लाग्ने प्रिमियम बैंक स्वयंले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्नेछ । २०७५ चैत्र २० देखि बैंकले खातावालालाई बचतसँगै बिमा सुविधा उपलब्ध गराउने योजना अनुरुप हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकलाई बिमा वापत ६ करोड १३ लाख रूपैयाँ भन्दा बढी रकम सहज रुपमा भुक्तान गरिसकेको छ ।