काठमाडौं । विद्युतीय गाडीले चर्चा पाइरहेकाबेला राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी ई–सिक्स किनेका छन् । बहालवाल राज्यमन्त्री बनेका श्रेष्ठले आफ्नै पैसाले विद्युतीय कार किनेका हुन् ।
पछिल्लो समय धेरैको मन जितेकाे ई–सिक्सले मन्त्रीको समेत मन जित्न सफल भएको छ । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले भने ‘आरामदायी र धेरै रेन्ज दिने गाडी भएकाले मेरो रोजाईमा बीवाइडी ई–सिक्स परेको हो ।’ यो गाडी नेपाली बजारमा सन् २०२१ मा आएको हो ।
नयाँ ई–सिक्स नेपालमा उपलब्ध सबैभन्दा धेरै क्षमताको ब्याट्री भएकाे गाडी हो । यसमा बीवाइडीको नविन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा रहेको ब्याट्री ४ हजार चार्जिङ साइकल चल्नेछ ।
लामो यात्राको लागि प्रा:य ठूलो गाडी सुरक्षित र भरपर्दाे मानिन्छ । यसकाे लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।
बीवाइडीले यसमा २८०० एमएमको ह्वीलवेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेश दिएको छ । यस्तै, यसमा १७ इन्चको अलोय ह्वील रहेकाे छ ।
रेन्ज बढाउन कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ । अधिकतम १८० एनएम टर्क प्रदान गर्ने यो गाडी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा रहेको छ ।
निकै राम्राे इन्टेरियर डिजाइन गरिएकाे यसकाे ५ इन्चको टीएफटी डिस्प्ले रहेकाे छ । यस्तै, लेदर र्याप स्टेरिङ ह्वील, टिल्ट एण्ड टेलिस्कोपिक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पिकर, प्रशस्त लेगरुम, लेदर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट जस्ता फिचर रहेकाे छ ।
सुरक्षाको दृष्टिकाेर्णले पनि याे गाडी सुरक्षित मानिन्छ । इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ब्रेक ओभिरेड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, एयरब्याग, स्मार्ट की सिस्टम, पछाडि ४ वटा सेन्सरलगायत फिचर गाडीमा पाइन्छ ।