काठमाडौं । ग्लोबल आईएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बंैकको परिचयपत्र पेस गर्नु पर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समय सापेक्षताअनुरूप ग्राहकहलाई लावान्भित गर्दै आएको छ ।
७७ जिल्लामा २ सय ८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २ सय ६५ एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सनबाट सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।