काठमाडौं । नबिल बैंकले नयाँ कर्जा योजना ल्याएको छ । बैंकले पाँच वर्ष अवधिको ‘नबिल किसान कर्जा’ योजना ल्याएको छ ।
बैंकले किसानहरूका लागि ५ वर्ष अवधिको लागि २५ लाखसम्मको कर्जा योजना ल्याएको छ ।
बैंकले पार्टनरसिप मोडलमा विभिन्न नगरपालिकाहरूसँग र रिलेटेड संघ–संस्थाहरूसँग मिलेर सो कर्जा योजना ल्याएको हो ।
क–कसले पाउनेछन् नबिल किसान कर्जा ?
कृषि तालिम लिएको सर्टिभिकेट भएका व्याक्तिले सजिलै नबिल किसान कर्जा पाउनेछन । साथै, कृषिको काम गरिरहेका किसानले कार्य अनुभवको आधारमा कर्जा पाउने बैंकले उल्लेख गरेको छ ।
कति वर्ष उमेरका व्यक्तिले आवेदन पाउने ?
१८ वर्षदेखि ६० वर्ष उमेरका व्याक्तिले कर्जाका लागि आवेदन दिन पाउनेछन् ।
कुन–कुन कार्य गर्न पाइनेछ नबिल कृषि कर्जा योजना
बैंकले कृषिजन्य कार्यको लागि कर्जा दिने जनाएको छ । बैंकले खाद्यन्न, फलफूल खेती र पशुपन्छी पालनका लागि कर्जा दिने भएको छ ।
छोटो अवधिको कर्जा र पाँच वर्षे अवधिको कर्जा
बैंकले नबिल किसान कर्जा योजानाअन्तर्गत दुई किसिमको कर्जा प्रदान गर्नेछ । बैंकले छोटो अवधिको कर्जा र पाँच वर्ष अवधिको कर्जा दिने जनाएको छ ।
जस्तैः कृषकले आलु खेती गरी छोटो समयमा उत्पादन गरी बिक्री गरेर कजाको साँवा र ब्याज तिर्छु भन्छ भने त्यस्तो छोटो अवधिको कर्जा हो । बाख्रापालन, भैंसी पालनलगायत फलफूल खेतीका लागि अधिकतम पाँच वर्षका लागि कर्जा लिन सकिने बैंकले जनाएको छ ।
कर्जाको ब्याज कति ?
नबिल किसान कर्जा योजना नेपाल राष्ट्र बैंकले तोकेको बेसरेटमा दुई प्रतिशत जोडेर कर्जाको ब्याज कायम गरिने नबिल बैंकले जनाएको छ ।
नबिल किसान कर्जा योजना कहाँबाट लिने ?
नबिल किसान कर्जा योजना देशभर रहेका बैंकका शाखामार्फत आवेदन दिन सकिनेछ ।