एजेन्सी । अर्बपति कारोबारी मुकेश अम्बानीले लगातार दोस्रो वर्ष पनि आफ्नो कम्पनी रिलायन्स इन्डस्ट्रिजबाट कुनै तलब लिएका छैनन् ।
अम्बानीले कोरोना भाइरसको प्रभाव रहेको भन्दै स्वेच्छाले तलब नलिएका हुन् ।
कोभिडले अन्य कम्पनीजस्तै रिलायन्स पनि प्रभावित बनेको थियो । यसैलाई मध्यनजर गर्दै अम्बानीले लगातार दोस्रो वर्ष पनि तलब नलिएको आरआईएलको वार्षिक रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार आर्थिक वर्ष २०२०–२१ मा उनको पारिश्रमकि जिरो थियो ।
स्वेच्छाले त्यागे तलब
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले जुन २०२० मा स्वेच्छाले २०२०–२१ को तलब छोड्ने फैसला गरेका थिए ।
यस्तै अम्बानीले दुई वर्षमा अध्यक्ष तथा प्रबन्ध निर्देशकका रुपमा रिलायन्सबाट कुनै भत्ता, सुविधा, सेवानिवृत्ति लाभ, कमिसन, स्टकजस्ता विकल्पको पनि सुविधा लिएका छैनन् ।
नीता अम्बानीले कति लिइन् तलब ?
नीता कम्पनीको बोर्डमा गैरकार्यकारी निर्देशक हुन् । उनलाई बैठकमा भाग लिन ५ लाख रुपैयाँबाहेक २ करोड कमिसन मिलेको छ । यसअघि उनले सिटिङ फिसका लागि ८ लाख र कमिसनका रुपमा १.६५ करोड लिएकी थिइन् ।