काठमाडौं । एनसेल आजियाटाले युवावर्ग लक्षित स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । माइफाइभ, इन्स्टाग्रामलगायत विभिन्न डिजिटल सेवाहरूमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता रहेको कम्पनीले बताएको छ।
ग्राहकहरूले करसहित ९७ रुपैयाँमा सोमबारबाट यो सिम लिन सक्नेछन्। साे सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स सहित ७ दिन समयावधि रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
यसका साथै साे प्याक लिने ग्राहकले प्याक सुरू भएको दिनबाट ३० नसम्म इन्स्टाग्राम सेवा नन्स्टप रूपमा निःशुल्क चलाउन सक्नेछन्। साथै, यो प्याक सुरू गर्ने ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि निःशुल्क सुरू गर्न सक्ने कम्पनीले बताएको छ।
माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरू पेयर गरी ती पाँच माइफाइभ नम्बरहरूमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन्।
यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुरू गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुरू हुने कम्पनीले बताएको छ।
निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ। ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवाअन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरैभन्दा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ।