काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको २७ औं चुनावी साधारणसभा मंगलबार हुँदैछ । दुई वर्षे कार्यकाल रहने संघको कार्यसमितिका लागि ६ सय ५८ जना व्यवसायीले मतदान गर्दै छन् ।
संघको नेतृत्व आफ्नो पक्षमा पार्न सत्तापक्ष र प्रतिपक्षबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अहिले सत्तापक्ष र प्रतिपक्षबीच आ–आफ्नो गठबन्धन बनाएर निर्वाचनको प्रचार प्रसारमा लागेका छन् ।
निर्वाचनका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षमा विष्णु गैरे, प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ प्रतिस्पर्धामा छन् ।
सदस्यहरुमा कर्णराज कटुवाल, दिनेशकुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल चुनावमा उठेका छन् ।
यस्तै प्रगतिशील समूह वर्तमान महासचिव सरोज पोखरेलको नेतृत्वमा निर्वाचनमा होमिने भएको छ । संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु) चुनावमा उठेका छन् ।
सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नूर मोहम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादव छन् ।