काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ ।
आज २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ । उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार १५० बिन्दु र न्यून २ हजार १०८ बिन्दुमा झरेको थियो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा ३ अर्ब ७४ करोडको कारोबार भएको थियो ।
आज नेप्सेमा २ सय १३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१३ कम्पनीमध्य २१ कम्पनीको सेयरमूल्य बढेको छ भने १५७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा जोशी हाइड्रोपमवर कम्पनीको सर्वाधिक ५.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तैगरी उपकार लघुवित्तको ३.१४ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ३.१० प्रतिशतले बढेको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युतको सर्वाधिक ७.१८ प्रतिशत, गुवेश्वरी मर्चेन्टको ६.४२ प्रतिशत र युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक १५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।