काठमाडौं । प्रभु बैंक र भेटायो इन्क प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र भेटायो इन्क प्रालिका तर्फबाट सहसंस्थापक अंशु शाक्यद्वारा सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले ‘भेटायो’ मोबाइल एप प्रयोग गरी सेवा लिएमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
‘भेटाया’” मोबाइल एपबाट (कीट नियन्त्रण, प्लम्बिङ, सवारी साधन सफाइ, पशु चिकित्सक, पार्लर सेवा, मर्मत, लाउण्डरी, पीसीआर, मेकअप) इत्यादि विभिन्न सेवा लिन सकिने छ ।
सो सम्झौताअन्तर्गत भेटायो इन्क प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, भेटायो इन्क प्रालिका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।