काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा २१ वाणिज्य बैंकहरुले ६४ अर्ब १३ रुपैयाँ खुदनाफा गरेका छन् । हालसम्म २१ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अन्य ५ वाणिज्य बैंकले भने सार्वजनिक गरेका छैनन् ।
वित्तीय विवरण सार्वजनिक गर्ने २१ वाणिज्य बैंकमध्येमा अधिकांश सूचकमा नबिल बैंक अग्रता कायम गरेको छ । नबिल बैंकले साउन १ गतेदेखि नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ ।
हालसम्म नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
त्यसैगरी, बैंक अफ काठमान्डुसहित ५ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । यी बैंकहरुले मर्जमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने २१ वाणिज्य बैंकमध्ये १८ को खुदनाफा बढेको छ भने सानिमा, हिमालयन र कृषि विकास बैंकको घटेको छ ।
वित्तीय रिपोर्ट सार्वजनिक गर्ने २१ बैंकमध्ये ग्लोबल आईएमई बैंकले सर्वाधिक ५ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसीले ४ अर्ब ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ । लक्ष्मी बैंकले सबैभन्दा कम १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार भोलिसम्म बाँकी ५ वाणिज्य बैंकले वित्तीय विवरण प्रकासित गरिसक्नुपर्नेछ ।
कुन बैंकले कति नाफा गरे ?