काठमाडौं । उपाय सिटी कार्गोले सेवा विस्तार गर्ने क्रममा बुधबार नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस' बजारमा ल्याएको छ ।
कम्पनीले ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि तेस्रो सर्भिसको रुपमा 'उपाय फुलफिल्मेन्ट सर्भिस' ल्याएको हो ।
बजारमा बढ्दो मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस' अन्तर्गत एकै पटक धेरै ठाउँमा सामान डेलिभरी गर्ने कम्पनीले जनाएको छ । यसले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ जसले ढुवानीमा लाग्ने समय र पैसा दुवैको बचत हुन्छ । कम्पनीकाअनुसार यसको प्रयाेग गर्दा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी हुन्छ ।
रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँअनुसार प्याकेजलाई छुट्याउछ र सोही अनुरूप डेलिभरी हुने कम्पनीले जानकारी दियाे । यस्तै, उपाय फुलफिल्मेन्ट सर्भिसमार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिन्छ । यो सर्भिस खासगरी व्यापारलाई उपयुक्त हुन्छ, जसले निरन्तर रुपमा धेरै सामानको एकै पटक-फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ ।
यसका साथै ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल एप छ जसबाट ग्राहकले आफूलाई सहज हुने माध्यममार्फत सजिलै भुक्तानी गर्न सक्छन्।
यसले सबै सेवा एकै ठाउँबाट प्रदान गर्छ । यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३ सय सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको उपाय सिटी कार्गोका एमडी सुमन रायमाझीले बताए ।
उनकाअनुसार उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । यो सेवा काठमाडौं भित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुन सक्छ। यस सर्भिसमार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्छन् ।