एजेन्सी । मारुती सुजुकी कम्पनीले ल्याएको परिमार्जित एसयूभीले भारतीय अटो बजारलाई तताएको छ । परम्परागत रूपमा भारतीय सडकमा गुड्ने प्रत्येक दुईमध्ये एउटा मारुती सुजुकी गाडी हुन्थ्याे ।
परिमार्जन गरिएको ब्रेजा र ग्राण्ड भिटरा नयाँ एसयूभी पोर्टफोलियोको दुई मोडेलले भारतीय अटो बजार तताएको हो । सार्वजनिक भएको केही हप्ता मात्रै १ लाख एसयूभीको बुकिङ भइसकेको छ । जसले बजारमा मारुती सुजुकीलाई भोल्युममा जित्न आवश्यक आत्मविश्वास प्रदान गरेको छ ।
भर्खरै सार्वजनिक गरिएको ब्रेजा र बजारमा आउन बाँकी नयाँ ग्रान्ड भिटाराले मारुतीको बुकिङ चार्ट बढाएको छ । मारुती सुजुकीका वरिष्ठ कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भने ‘विश्वव्यापी रूपमा सवारीसाधन खरिद गर्ने प्रवृत्तिलाई हेर्दा एसयूभीले भारतको यात्रुवाहक सवारीसाधनको बजारमा आधा हिस्सा लिने छ ।’
‘एसयूभीमा हाम्रो पोर्टफोलियोलाई बलियो बनाउन आवश्यकता छ । हामीले ब्रेजा र ग्रान्ड भिटरा दुवैमा धेरै राम्रो प्रतिक्रिया पाएका छौं । बलियो हाइब्रिड प्रविधिको बारेमा धेरै ग्राहक सोधपुछ गरिरहेका छन्’श्रीवास्तवले भने ‘ग्राण्ड भिटाराका लागि टेक्नोलोजीसहितको भेरियन्टका लागि झन्डै आधा प्रि–अर्डरहरू आइसकेका छन् ।’
मारुती सुजुकी ग्रान्ड भिटारा अन्य विकल्पहरूमध्ये बलियो हाइब्रिड प्रविधिले सुसज्जित हुने उनको भनाइ छ ।
हाल स्थानीय बजारमा बिक्री हुने सबै यात्रुवाहक सवारीको करिब ४० प्रतिशत इन्ट्री र मिड एसयूभीहरूले ओगटेका छन् । श्रीवास्तवले यात्रु कारहरूमा कम्पनीको बजार हिस्सा ६७ प्रतिशतको उच्च बिन्दुमा पुगेको बताए । एसयूभी श्रेणीमा उत्पादन हस्तक्षेपको कमीले गत आर्थिक वर्षमा समग्र बजार हिस्सा ४४ प्रतिशतमा झरेको उनको भनाई छ ।
गत आर्थिक वर्षमा स्थानीय बजारमा ६ लाख ५२ हजार इन्ट्री एसयूभी र ५ लाख २० हजार युनिट मिड साइजको एसयूभी बिक्री भएको थियो । ‘आगामी ३ देखि ५ वर्षमा एसयूभी खण्ड १० प्रतिशत बढ्ने अपेक्षा गरेका छौं । यो खण्डमा हाम्रो स्थिति बलियो बनाउनका लागि यो युद्धको आवाज हो’ उनले भने ।
हाल, दक्षिण कोरियाली अटोमेकर हुन्डाई भारतको एसयूभी खण्डमा अग्रणी स्थानमा छ । यसले गत आर्थिक वर्षमा १० लाख एसयूभीको बिक्री गरेर २२ प्रतिशतको बजार हिस्सा रेकर्ड कायम गर्यो ।
पछिल्लो समय भारतमा टाटा मोटरको पञ्च एसयूभीको माग बढेको छ । टाटाले मात्र एक वर्षमा २ लाख ५ हजार एसयूभी बिक्री गरेको थियो । टाटाको बजार हिस्सा १८ प्रतिशत छ ।