काठमाडौं । दसैँको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सुन्धारास्थित सीटीसी मलमा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाइल कम्पनीसँगको सहकार्यमा आजदेखि शुरु भएको सो मेलामा नयाँनयाँ मोबाइल खरिदमा विभिन्न प्रकारका ‘अफर’ राखिएको छ ।
मेलामा मोबाइल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइनेछ । त्यस्तै ‘बाई वान, गेट वान फ्रि’ अफर मेलाको आकर्षण बन्नेछ । मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्राहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक सङ्गम राईले बताए ।
साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क पाइनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफूले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइलको पैसा फिर्ता पाइने छ ।
हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट ‘लक्की ड्र’मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार पाउनेछन् । सीटीसी मल र विभिन्न मोबाइल कम्पनीको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ ।
अफर असोज ५ गतेदेखि आगामी कात्तिक १६ गतेसम्म लागू हुनेछ । सो अवधिमा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कारस्वरुप यामाहाको ‘रे जेट आर’ स्कूटर प्रदान गरिनेछ ।दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप प्रदान गरिनेछ । मोबाइल मेला दसैँको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ ।
मेलामा सामसुङ, एप्पल, एमआई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी, इकोटेललगायत ब्राण्डका ६५० रुपैंयादेखि २ लाख १५ हजार मूल्यका मोबाइल उपलब्ध हुनेछन् ।
नेपालमै पहिलोपटक सबैभन्दा धेरै ब्राण्डका मोबाइल एउटै स्टोरमा उपलब्ध गराएको सीटीसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाइल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउनेछ ।यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ ।
हरेक ब्राण्डका मोबाइल एसोसरिजका साथमा एक्सचेन्ज अफर, ६० मिनेटमा मर्मत सेवा उपलब्ध हुनेछ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्सको सीटीभी मोबाइलबाट पनि उल्लेखित अफरमा मोबाइल खरिद गर्न सकिन्छ । मोबाइल एसेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सीटीसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।