काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.१५ अंकले बढेर २ हजार १९६.२५ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज २ हजार २०५ बिन्दुमा खुलेको बजार सामान्य अंकले बढ्न सफल भएको छ । बढेको बजारमा करिब ५ अर्बको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार २२४ बिन्दु र न्यून २ हजार १८३ बिन्दुमा झरेको थियो । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्न सफल भएको छ ।
आज नेप्सेमा ४ अर्ब ६७ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा ४ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन उच्च अंकले बढेको बजार आज पनि बढेको छ ।
अघिल्लो कारोबार दिन नेप्से परिसूचक करिब ५५ अंकले बढेको थियो । आज नेप्सेमा २ सय १७ कम्पनीको १ करोड ५ लाख १८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज नेप्से कारोबारमा आएका २१७ कम्पनीमध्य ५८ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा बुटवल पावर कम्पनीको सर्वाधिक ६.९५ प्रतिशतले बढेको छ । त्यस्तैगरी गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत, हाइड्रोइलेक्ट्रिसीटी र हिमालयन बैंकको सेयरमूल्य उच्चदरले छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको सर्वाधिक ५.२१ प्रतिशतले सेयरमूल्य घटेको छ । आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।