काठमाडौं । महालक्ष्मी विकास बैंकले १० वर्षे ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ऋणपत्र अंकित मूल्य १००० रुपैयाँ दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।
त्यस्तै, बैंकले ऋणपत्र निष्कासनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंककले सोमबार आयोजित एक समारोहकाबीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नका लागि महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता गरेकाे हो ।
प्रक्रिया पूरा भएपछि ऋणपत्र बिक्री गर्ने बैंकले जनाएको छ । बैंककाअनुसार ऋणपत्रमध्ये ६० करोड रुपैयाँ रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा एमभी चिप्स बेस्ड ट्रभल कार्ड, ई-कर्मस कार्ड र डलर कार्डसमेत जारी गरेको छ। चिप बेस्ड ट्राभर कार्ड र ई -कर्मस कार्ड र हलर कार्ड सुरु गर्ने महालक्ष्मी विकास बैंक पहिलो बैंक हो ।