काठमाडौं । ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक गरेको छ।
२ डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरू सहितका सुविधाहरूले भरिएको यो फोनको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै रहेको कम्पनीले बताएको छ।
डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्ट फोनमा यो एक मात्र स्मार्टफोन रहेको कम्पनीको दाबी छ।
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडि, ८ एमपी सेल्फी क्यामेरा रहेका छन्। यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८०पी मा भिडियोहरू खिच्न सक्छ।
मिडिया टेक हेलियो जी३५, ४ जीबी र्यामर, १२८जीबी इन्टर्नल स्टोरेजको रहेको यस फोनले कलर्स ओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयरलाई ह्यान्डल गर्छ।
सो फोनमा ५ हजार एमएएच् ब्याट्री छ भने र यूएसबी–सी पोर्टमार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने कम्पनीले बताएको छ।
यो फोन ४जीबी र्याम +१२८ जीबी रोमसँगै नेपाली बजारमा आएको र यसले १ टीबीसम्मको एसडी कार्डहरूलाई पनि समर्थन गर्ने कम्पनीको भनाइ छ।
स्काई ब्लू (नीलो) र सनसेट ओरेन्ज (सुन्तला) रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।