काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा एनीभर्सरी अफर’ ल्याएको छ । यो अफर योजना आइतबार मात्र मात्र लागु हुनेछ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाइसी भेरीफाइ गरी बैंक लिंक गरेर २०० वालेट ब्यालेन्स पाउन सकिन्छ । यस्तै, सामसुङ ग्यालेक्सी एफाइव २ जित्ने मौका पाउन सकिनेछ । यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागु हुनेछ ।
यस्तै, ग्राहकहरुले सेलपे कार्ट मा २० प्रतिशत छुट बढीमा १ हजार रुपैयाँसम्म पाउने सकिनेछ । यस्तै, पहिलो पटक फन्ड ट्रान्सफर गर्दा २०० रुपैयाँ बराबरको सपिङ भौचर पाउन सक्छन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपे वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट कारोबार गर्न सकिन्छ ।
सेलपेद्वारा दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करिव ५ लाख मर्चेण्टहरुमा भुक्तानी गर्न सकिने बताइएको छ ।
सेलपे एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।