काठमाडौं । साओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेडमी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,‘टेक्नोलोजीको सन्दर्भमा साओमीले आफ्नो सीमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको कम्बपनीले जनाएकाे छ ।
ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको कम्पनीले जनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेडमी १०ए बजारमा ल्याएका छौं ।’
रेडमी १०एको ठूलो ६।५३ एचडीं डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नका लागि राम्रो अनुभव प्रदान गर्छ । अन्य इन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको ३डी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ । यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्छ ।
रेडमी १०ए मा पावर अपको लागि प्रोसेसर जडित छ । जुन २. ओजीएचजेडसम्मको क्षमता रहेको अक्टा–कोर सीपीईयू हो । यसमा लामो समयसम्म चल्ने ५ हजार एमएएच ब्याट्री जडित छ जसले पूरा दिन सक्रिय रहन मद्दत गर्छ । यो स्मार्टफोन १०वर्टको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।
रेडमी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगहरूमा उपलब्ध छ । यो फोन २जीवी+३२ जीबी र ३जीबी+६४जीबी स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः १३ हजार ९ सय ९९ र १५ हजार ९ सय ९९ रुपैयाँ छ । रेड्मी १०ए साउन १३ गते शुक्रबारदेखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।