काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप् सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १२.९२ अंकले बढेर २ हजार १४०.३९ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज २ हजार १३० बिन्दुमा खुलेको बजार उतारचढापबीच बढ्न सफल भएको छ। बढेको बजारमा २ अर्ब १९ करोडको कारोबार भएको छ । आज नेप्सेले उच्च २ हजार १४७ बिन्दु र न्यून २ हजार ११७ बिन्दुमा झरेको थियो ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम घटेको छ । आज नेप्सेमा २ अर्ब १९ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा ४ अर्ब ९७ करोडको कारोबार भएको थियो ।
बढेको बजारमा कारोबार रकम घट्नु सकारात्म मानिन्छ । बजार बढेर कारोबार घट्दा डिमान्ड रहेको तर, बिक्रिकर्ता नदेखिएको आँकलन गरिन्छ ।
आज नेप्सेमा २ सय १६ कम्पनीको ५१ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१६ कम्पनीमध्य १०३ कम्पनीको सेयरमूल्य बढेको छ भने ७१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य ९ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा आज रिलाइन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, बृद्धभूमी हाइड्रोपावरको सर्वाधिक ३.४८ प्रतिशतले सेयरमूल्य घटेको छ । आज नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, लम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।