काठमाडौं । निजी लगानीमा लुम्बिनी प्रदेशको बुटबलमा पाँचतारे होटल थपिने भएको छ । होटल सफ्रोन सीके प्राइभेट निर्माण भइरहेको छ । होटल आगामी सन् २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने योजना सञ्चालकहरुको छ ।
होटल बनाउन १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये ९६ करोड ६६ लाख रुपैयाँ ऋण र बाँकी ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । बैंकको ६६ प्रतिशत ऋण र बाँकी ३४ प्रतिशत संस्थापकहरुको स्वपुँजी लगानी हुने छ ।
९० करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको छ । यस्तै ६ करोड १० लाख रुपैयाँ ऋण सम्झौता छिट्टै हुने जानकारी सफ्रोनले दिएको छ । संस्थापकहरुको तर्फबाट स्वपुँजी लगानी भइसकेको छ । होटलको ४० प्रतिशत काम सकिएको छ । वित्तीय प्रगति ३५ प्रतिशत छ । होटलको अब ६० प्रतिशत काम बाँकी छ ।
५ हजार ५७४६ वर्गमिटरमा फैलिने होटलमा १०७ वटा कोठाहरु रहने भएका छन् । होटलले ९५ करोड ६९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस लिमिटेडले होटलको ऋणलाई ए फोर रेटिङ दिएको छ ।
होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ । नेपाल–भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ । होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडी १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र रहेको छ ।
पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन । निर्माण अवधि होटलहरूको लामो गेस्टेसन अवधि हो।
प्रिमियम होटललाई ३ देखि ४ वर्ष लाग्ने छ भने सञ्चालनमा स्थिरता आउन अझै दुईदेखि तीन वर्ष लाग्न सक्छ । ठूलो संख्यामा संगठित र असंगठित खेलाडीहरूको उपस्थितिले नेपालको होटल उद्योगमा कडा प्रतिस्पर्धा रहेको छ ।