काठमाडौं । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्राइभेट लिमिटेडको व्यवसाय सन् २०२१ मा १०.५२ प्रतिशतले बढेको छ । आरतीले १ वर्षमा १३ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।
यस्तै सन् २०२० मा १२ अर्ब ३२ करोड रुपैयाँको कारोबार गरेको आरतीले सन् २०१९ भने सबैभन्दा बढी १६ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोना महामारीले कम्पनीको व्यवसायमा असर गरेपछि सन् २०२० मा कारोबारमा केही गिरावट आएकोमा सन् २०२१ मा बढेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ सुरु भएपछि उद्योगको मार्जिन र नाफा दुवैमा सुधार भएको छ । ९ महिनाको अवधिमा उद्योगले रंगिन जस्तापातालगायत अन्य पाइप र स्टिलजन्य वस्तु बेचेर १० अर्ब ११ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
यसबीचमा मार्जिन १०.९३ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । उद्योगले वार्षिक १ लाख ५० हजार टन कोल्ड रोलिङ मिल (सीआरएम) को ब्राउनफिल्ड परियोजना सम्पन्न गरेको छ । प्लाण्ट स्थापनापछि छिमेकी भारत र चीनबाट हुने गरेको कोल्ड रोलिङ आयात बन्द हुने आरतीले जनाएको छ ।
यसको लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जसमा ६६ प्रतिशत ऋण र बाँकी ३४ प्रतिशत इक्विटी रहेको आरतीले जनाएको छ । सन २०२१ बाट आरतीले ग्याल्भेनाइज्ड प्लेन, गल्भेनाइज्ड कोरगेटेड, रिज ग्याल्भेनाइज्ड आइरन र कलरसम्मका फ्ल्याट उत्पादनहरू उत्पादन गर्दछ । यस्तै उद्योगले प्रिन्टेड गल्भेनाइज्ड आइरन, प्रोफाइल पाना, एमएस ट्यूबको पनि उत्पादन थालेको छ ।
सन् २००१ मा नेपाल–भारत संयुक्त लगानीमा आरती स्ट्रिप्स स्थापना स्थापना भएको हो । उद्योगमा विभिन्न ४ भारतीय कम्पनीहरुको लगानी रहेको छ ।
उद्योगले विगत १६ वर्षदेखि रंगिन जस्तापाता र ६ वर्षयता ब्ल्याक पाइप उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले आरती सुरक्षाअन्तर्गत एमएस पाइप, आरती स्पेक्ट्रा ब्राण्डमा रंगिन जस्तापाता उत्पादन गर्दै आएको छ ।
यस्तै आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा टीएमटी बार आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा र ग्याल्भनाइजड सिट आरती सिल्भर ब्रान्डमा बिक्रीवितरण हुँदै आएको छ ।
उद्योगको उत्पादन क्षमता वार्षिक ३ लाख ३५ हजार टन रहेको छ । उद्योगले भारतमा जस्तापाता निर्यात गर्दै आएको छ । उद्योगको नेपालभर २०० डिलर रहेका छन् ।
उद्योगले वार्षिक कारखाना मोरङको विराटनगरमा रहेको छ । कम्पनीले ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ ऋणको रेटिङ गरेको छ । केयर रेटिङस नेपाल लिमिटेडले केयर एनपी ए फोर रेटिङ दिएको छ ।