काठमाडौं । प्यारासुट नेचुराल स्याम्पुले ‘सँगीको साथ साउन’ नामक एक महिने क्याम्पेन सुरु गरेको छ । नेपाली महिलाहरूलाई लक्षित गरी प्यारासुट नेचुराल स्याम्पुले ‘सँगीको साथ साउन’ क्याम्पेन सुरु गरेको हो ।
उक्त क्याम्पेनमार्फत, ब्रान्डले धेरै सेवाग्राहीहरू माझमा आफू पुग्ने विश्वास लिएको छ । ‘सँगीको साथ साउन’ विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरूमा आधारित महिला केन्द्रित अभियान रहेको बताइएको छ ।
प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामग्रीहरूः रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने भएकाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दर्भिक रहेको छ ।
साथै ‘सँगीको साथ साउन’ अभियान कम्पनीको पहिलाको ‘केमिकललाई भनौं नो, प्राकृतिकलाई भनौं यस’ अभियानकै बिस्तारित अभियान रहेको बताइएको छ ।
क्याम्पेनमा आकर्षण थप्न ब्रान्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरूको पनि आयोजना गर्नेछ, जसमा दर्शकहरूलाई आकर्षक उपहार र गिभअवेहरू दिइनेछन् । प्यारासुट नेचुरालले अभियान भरिनै यस प्रकारको रमाइलो गतिविधिहरू आयोजना गर्ने जनाएको छ ।
यसका साथै प्यारासुटले सोसयल मिडिया इन्फ्लुयेन्सरहरूसँग उपहार अभियानका लागि पनि सहकार्य गर्नेछ, जसमा टिकटक इन्फ्लुयेन्सरहरूले ब्रान्डका बारेमा भिडियोहरू पोस्ट गर्नेछ र आफ्ना फ्लोअरहरूलाई उपहार दिनेछ ।
प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेडअन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्रान्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामग्रीहरूको मात्र प्रयोग गरिन्छ ।
मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो । मेरिकोले एसिया र अफ्रिका उदीयमान २५ भन्दा बढी देशहरूमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ । यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाइ, र कपडाको हेरचाहका क्षेत्रहरूमा अग्रणी ब्रान्डहरूको सम्बर्धन गर्छ ।
कम्पनीले २०१९–२० मा भारतमा बेचेका उत्पादनहरू साथै एसिया र अफ्रिकामा छनोट गरिएका बजारहरू मार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।