एजेन्सी । भारतका विभिन्न बैंकहरुमा ५ खर्बभन्दा बढी रकम निष्क्रिय रहेको पाइएको छ । यो रकममा कसैको दाबी नपरेको भारतीय रिजर्भ बैंकले जनाएको छ ।
देशका आठ राज्यमा दाबी नगरिएको रकम जम्मा भएको छ । यस्तो स्थितिमा भारतीय रिजर्भ बैंकले अनुसन्धान सुरु गरिरहेको छ ताकि खातावाल व्यक्ति पत्ता लगाउन सकियोस् ।
प्रत्येक वर्ष बढ्दै रकम
पीटीआईका अनुसार विभिन्न बैंकमा जम्मा भएको अनक्लेम्ड (दाबी नगरिएकों राशि प्रत्येक वर्ष बढ्दै गइरहेको छ । गत वर्ष ३९ हजार २६४ करोड भएकामा यो आर्थिक वर्षमा बढेर ४८ हजार २६२ करोड रुपैयाँ पुगेको छ । आरबीआई आफ्नो अभियानअन्तर्गत सर्वाधिक दाबी नगरिएको रकम भएका आठ राज्यका बैंकमाथि फोकस गर्ने भएको छ ।
आरबीआईको नजरमा आठ राज्य
केन्द्रीय बैंकको रिपोर्टअनुसार अनक्लेम्ड रकम सबभन्दा बढी तमिलनाडु, पन्जाब, गुजरात, महाराष्ट्र, बंगाल, कर्नाटक, तेलंगाना तथा आन्ध्र प्रदेशका बैंकमा छ ।
केन्द्रीय बैंकले लगायो नियम
आरबीआईले दाबी नगरिएको रकमलाई लिएर केही नियम बनाएको छ । १० वर्षसम्म दाबी नगरिएको खाताको लिस्ट बनाउन र आ–आफ्ना बैंकको वेबसाइटमा अपलोड गर्न निर्देश दिएको छ ।
अभियानको उद्देश्य
आरबीआईका अनुसार देशभरका बैंकमा जम्मा भएको अनक्लेम्ड रकम जम्माकर्ता वा मृत जमाकर्ताका आफन्त, परिवार पत्ता लगाएर दाबी गर्न सहज बनाउनु हो ।