एजेन्सी । सवारीसाधन निर्माता कम्पनी मारुतीको नाफा दोब्बरभन्दा बढी पुगेको छ ।
कम्पनीले सार्वजनिक गरेको त्रैमासिक विवरणअनुसार १२९.७६ प्रतिशत वार्षिक आधारमा १ हजार १२ करोड रुपैयाँको वृद्धि गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४४० करोड भारु थियो ।
गत आवको त्रैमासको तुलनामा चालू आवमा कम्पनीको नाफा ५०.२ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको त्रैमासमा १६ हजार ७९८.७० करोड नाफा गरेको कम्पनीले चालू आवको त्रैमासमा २५ हजार २८६.३० करोड भारु नाफा गरेको हो ।
गत आवको त्रैमासमा कमी आउनाको कारण कोभिड महामारी प्रमुख रहेको बताइएको छ ।
चालू आवमा कम्पनीको बिक्री ४ लाख ६७ हजार ९३१ एकाइ छ । गत आवको सोही तुलनामा ३ लाख ५३ हजार ६१४ एकाइ थियो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको कर र ब्याजअघिको मार्जिन ५ प्रतिशतले सुधार भएको छ । गत वर्षको सोही तुलनामा ०.५ प्रतिशतले सुधार भई ४५० को बेसिसमा पुगेको हो ।
‘इक्लेक्ट्रोनिक उपकरण कमी हुँदा यो त्रैमासमा थप ५१ हजार सवारीसाधन उत्पादन हुन नसकेको कम्पनीको भनाइ छ ।
बुक गरेर गाडी नपाउनेको संख्या करिब ३ लाख पुगेको कम्पनीले जनाएको छ ।
तर, अर्डरलाई जतिसक्दो छिटो उपलब्ध गराउने उल्लेख छ ।