काठमाडौं । सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका-१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले काउन्टरकाे उद्घाटन गरिन्।
सेवा सुरु भएपछि त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।