काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको आज एक वर्ष पूरा भएको छ ।
यसअवसरमा ईभीले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ ।
यसको उत्पादन भारतको विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको हो । नेपालमा विद्युतीय गाडीको प्रयाेगलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन ईभी नेपालमा ल्याएको थियो ।
एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ ।
आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमताका कारण सफल भएकाे कम्पनीले जनाएकाे छ ।यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरु रहेका छन् । 'फास्ट चार्जिङ्' र 'स्लो चार्जिङ्ग' दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवाका कारण नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सफल भएको हो ।
यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ्ग एप, 'इजी' एपमार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन् ।
नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको सिप्रदीले जनाएकाे छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरिसकेकाे छ ।