काठमाडौं । अघिल्लो कारोबार दिन सोमबार ५४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्न (नेप्से) २.१० प्रतिशतले घटेको छ । आज मंगलबार नेप्से परिसूचक ४४.८० अंकले घटेर २१ बिन्दु तल झरेको छ ।
आज नेप्से परिसूचक २१३४.१४ बिन्दुबाट खुलेर २१४१ उच्च बिन्दुमा पुग्न सफल भएको थियो । २१४१ उच्च बिन्दुमा पुगेको नेप्सेको न्यून २०८५ रह्यो । आज बजार २०८८.१६ बिन्दुमा बन्द भएको छ ।
दोहोरो अंकले घटेको बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मौद्रिक नीतिपछि निरन्तर दुई दिन बढेको बजार आज घट्न पुगेको हो । साताको पहिलो र दोस्रो कारोबार दिन नेप्से ११५.५ अंकले बढेको थियो ।
बजार निरन्तर बढिरहेको अवस्थामा बजार घट्नु सामान्य मानिन्छ । साताको पहिलो र दोस्रो कारोबार दिन ११५ अंकले बढेको बजार आज ४४.८८ अंकले घटेको छ ।
अघिल्लो दुई कारोबार दिन नेप्से उच्च अंकले बढ्दा आज बजारमा सेयर बिक्रेता हाबी हुँदा बजार घट्न पुगेको देखिन्छ । आज नेप्सेमा २ सय २२ कम्पनीको ८७ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज नेप्से कारोबारमा आएका २२२ कम्पनीमध्य १५ कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने एक कम्पनीको कारोबार स्थिर देखिएको छ ।
आज नेप्सेमा मल्टीप्रपर्स फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.८२ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक १९ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण काभेली हाइड्रोपावरको कम्पनीकोे १५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।