काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
बैंकले आफ्नो व्यवसाय प्रवद्रधनको लागि मिस नेपाल वल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।
मिस नेपाल जोशीलाई ब्रान्ड एम्बासडर नियुक्त गर्ने बिषयमा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच संम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाबारे ग्राहकहरुलाई थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्रधन गर्ने उद्देश्यले बैंकले मिस नेपाल प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको जानकारी दिए ।
यस्तै, दी हिडन ट्रेजर प्रालिका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुबै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीले आफू इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताइन् ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।