एजेन्सी । साउदी अरबले ८ खर्ब पाउन्डको लगानीमा ‘साइडवे स्काइस्क्र्यापर’ बनाउने भएको छ ।
यो भवन १ सय ७० किलोमिटर लामो हुने दाबी गरिएको छ । यस्तै भवनमा ५० लाखभन्दा बढी मान्छे बस्नेछन् ।
यो प्रोजेक्टलाई ‘मिरर लाइन’ नाम दिइएको छ । कारण, यसको निर्माणमा मिरर प्रयोग गरिनेछ ।
समाचारअनुaसार भवनको आकार अमेरिकाको राज्य म्यासाचुसेट्सबराबर हुनेछ भने एम्पायर स्टेट बिल्डिङभन्दा लामो हुनेछ ।
साउदी क्राउन प्रिन्स बिन सलमानले जनवरी २०२१ मा यसबारेको आफ्नो योजना खुलासा गरेका थिए ।
तर, योजनकारहरुले प्रोजेक्टको लागतमा प्रश्न उठाइरहेका छन् । यस्तै उनीहरुले महामारीपछि पनि मानिसहरुलाई सीमित स्थानमा बस्न बाध्य पार्न लागिएको बताएका छन् ।
५० वर्षमा तयार
साइवे स्काइक्र्यापर ‘मिरर लाइन’ रेगिस्तानी सहर निओमको हिस्सा हुनेछ । यसमा १६ सय फिट अग्ला दुई भवन हुनेछन्, जुन दुवै एकअर्कामा समानान्तर हुनेछन् । यसको निमार्ण सम्पन्न गर्न कम्तीमा पनि ५० वर्ष लाग्नेछ ।
वाल स्ट्रिट जर्नलका अनुसार यो विशाल प्रोजेक्ट देशको पश्चिममा अकाबा खाडी हुँदै एक पर्वत शृंखला र अर्को रेगिस्तान हुँदै गुज्रिनेछ ।
भवनमा खेत र घर सँगै
यस प्रोजेक्टमा एक सीमाबाट अर्को सीमासम्म पुग्न २० मिनेट लाग्नेछ । साथै यसलाई नवीकरणीय ऊर्जामार्फत सञ्चालन गरिनेछ ।
यसमा हरियाली, घर र खेतसमेत हुनेछन् । ५० लाख मान्छेलाई त्यही“बाट अन्न उत्पादन हुन सक्नेछ ।
त्यहाँ बसोबास गर्नेहरुले तीन पहर खान भवनको सब्सक्रिप्सन लिनुपर्नेछ ।
प्रिन्स एमबीएसका अनुसार भवन कार्बन न्युट्रल हुनेछ । यसको आफ्नो स्टेडियम जमिनभन्दा १ हजार फिट माथि हुनेछ ।