काठमाडौं । नेपाल क्रेडिड एण्ड कमर्स (एनसीसी) बैंककोे आर्थिक वर्ष २०७८/०७९मा नाफा ५१.९८ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष बैंकले २ अर्ब २ करोड खुदनाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो भने गत आर्थिक वर्षमा एनसीसी बैंकले खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेर १ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड र सञ्चालक नाफा २ अर्ब ६७ करोड पुगेको छ ।
सोही अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ ।
त्यस्तै, मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ। सोही अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब १३ करोड पुगेको छ ।
त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशतले बढेर १३४ अर्ब रुपैयाँ र कर्जा २८.१३ प्रतिशतले बढेर २२१ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको कर्जा–निक्षेप अनुपात अघिल्लो वर्षको तुलनामा बढेको छ ।
अघिल्लो वर्ष बैंकको कर्जा–निक्षेप अनुपात ७८.१४ प्रतिशत रहेकोमा गत वर्ष बढेर ८६.५८ प्रतिशत पुगेको छ । सोही अवधिमा बैंकको निष्कृय कर्जा पनि बढेको छ । अघिल्लो वर्ष १.७६ प्रतिशत रहेको निष्कृय कर्जा १.९३ प्रतिशत पुगेको छ ।