काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरूलाई स्मार्टफोन छनोटहरूका लागि धेरै विकल्पहरू प्रदान गर्दै आइरहेको छ ।
ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ । सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका छन् ।
भिभो वाई सिरिजका फोनहरू ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागसिप अनुभव प्रदान गर्नमा केन्द्रित छ ।
वाई र भी श्रृंखलाका उत्कृष्ट उत्पादनहरू
वाई५५ः वाई५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजअन्तर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ ।
यसमा भएको स्न्यापड्रेगन ६८० प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ । यो ५००० एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण ३३ हजार ९ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
वाई३३एसः वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएका छन् । यसमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा छ ।
यसमा ५०००एमएएच ब्याट्रीमा र १८वाट फास्ट चार्ज छ । एक्सटेन्डेड र्याम २.० को साथ यसको ८जीबी र्यामलाई ४जीबी सम्म बढाउन सकिन्छ । यो स्लिम र ट्रेंडी स्मार्टफोन मात्र २९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
वाई२०एसः एक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ । १३एमपी रियर क्यामेराले फेस ब्युटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन् ।
यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोड मार्फत सिमलेस अनुभव प्रदान गर्छ । यो मात्र २५ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
वाई२१ः वाई२१ ८.०एमएम स्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमा पोट्र्रेट मोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरू छन् । यसमा ५०००एमएएच ब्याट्री र १८वाट फास्ट चार्ज छ । यो मात्र २२ हजार ९ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
भी२३फाइभजीः भिभो भी२३फाइभजी एक मास्टरपीस हो जसले आफ्नो रंग परिवर्तन हुने विशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ । यसमा भएको रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारण यो रंग परिवर्तन सम्भव हुन्छ ।
यसबाहेक, भी२३ फाइभजी मा उच्च रिजोल्युसनको ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८एमपी वाइड–एंगल क्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्वीरहरू खिच्छ ।
पछाडिको क्यामेरामा जीडब्लू१ इमेज सेन्सरको साथ ६४एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ । यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुन मात्र ५५ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।