काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान ‘राज महाबचत बजार’ घोषणा गरेको छ।
आज (आइतबार)देखि सुरू हुने यो अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु कम्पनीले जनाएको छ।
यसैसँग अभियानको मुख्य हाइलाइटहरू भने ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १५ सय रूपैयाँसम्मको छुट, ७ हजारसम्म को भाउचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ।
अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम १ हजार रूपैयाँ) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम १५०० सय रूपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लेखित छुटको लाभ लिन सक्नेछन्।
यसबाहेक, आफ्नो ई-सेवा वालेटमार्फत् भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १० प्रतिशत (अधिकतम १ हजार रूपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ जसमार्फत् ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कार १ रुपैयाँमा जित्ने मौका पाउने छन् स् निउ क्लासिक हेल्मेट, हाइग्राउन्ड एड्भेन्चर र प्रोआर्ट आर्टको सामग्री। स्पष्ट गर्नको लागि, ग्राहकले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन्।
सहभागी हुनका लागि, ग्राहकहरूले अनलाइन प्रिपेमेन्टमार्फत १ रूपैयाँ प्रिपे गर्नुपर्छ। प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ।
दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ कम्पनीले जनाएको छ।
ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउने छन्। अभियानका लागि डायमण्ड पार्टनर्सस् एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन्।
प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी छन्।
अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।