काठमाडौं । नेपाल राष्ट्र बैंकले साना सेयर ऋणीलाई प्रोत्साहन गर्नेगरी मौद्रिक नीति ल्याएको छ ।
शुक्रबार मौद्रिक नीतिमा साना सेयर ऋणीलाई जोखिमभार सतप्रतिशतको व्यवस्थाले साना लगानीकर्तालाई प्रोत्साहन मिल्ने भएको हो ।
मौद्रिक नीतिले २५ लाख रुपैयाँ सम्मको कर्जामा जोखिमभार सतप्रतिशत व्यवस्था गरेको छ भने २५ लाख बढीको कर्जाको जोखिमभार १५० प्रतिशतको व्यवस्थाले साना लगानीकर्तालाई सहज हुने भएको हो ।
राष्ट्र बैंकले २५ लाख बढीको कर्जा कडाई गर्दै जोखिमभार १५० प्रतिशत व्यवस्था छ । २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिमभार नबढाउदा साना लगानीकर्तालाई प्रोत्साहन मिल्ने जानकार बताउँछन् ।
गत वर्षको जेठमा बैंक तथा वित्तीय संस्थाबाट २५ लाख सम्मको धितो कर्जा करिब ८ अर्ब ६१ करोड रुपैयाँ प्रवाह भएको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा १५ अर्ब २७ लाख कर्जा प्रवाह भएको छ भने १ करोड बढीको कर्जामा ५२ अर्ब कर्जा प्रवाह भएको छ ।
अधिल्लो वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २५ लाख सम्मको धितो कर्जा साढे ६ अर्ब रुपैर्याँ प्रवाह भएको थियो । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा १२ अर्ब ४१ लाख कर्जा र १ करोड बढीको कर्जामा ६४ अर्ब कर्जा प्रवाह भएको थियो ।
जोखिमभार बढेसँगै ठूलो कर्जा घट्दै गएको छ सानो कर्जा बढिरहेको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाउछ । साथै नेपाल राष्ट्र बैंकको इजाजतप्राप्त संस्थामार्फत एक संस्थाबाट ४ करोड र समग्र संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने व्यवस्था थियो ।
सो व्यवस्थालाई मौद्रिक नीतिले हेरफेर गरी सेयर धितोकर्जा एक संस्थाबाट ४ करोड रुपैयाँ लिन पाउने व्यवस्था खारेज गरी गरेको । अब एक वा एक भन्दाबढी संस्थाबाट १२ करोडसम्म सेयर धितो लिन पाइने भएको छ ।