काठमाडौं । अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले गिरावट देखिएको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।
आज साउन ६ गते शुक्रबार नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७ बिन्दुमा झरेको छ । आर्थिक वर्षको पहिलो चार कारोबार दिन निरन्तर बढेको बजार मौद्रिक नीति सार्वजनिक हुने दिनमा दोहोरो अंकले घटेको छ ।
आज २ हजार ४६ बिन्दुमा खुलेको बजार निरन्तर ओरालो लाग्दै २ हजार १७.२६ बिन्दुमा झरेको हो । आज दोहोरो अंकले घटेको बजारमा १ अर्ब ४४ करोडको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन १९ करोड रुपैयाँले कारोबार घटेको छ ।
आज नेप्सेले उच्च २ हजार ४७ बिन्दु र न्यून २ हजार १३ बिन्दुमा झरेको थियो । मौद्रिक नीति कसिलो आउने कुराको प्रभाव सेयरबजारमा देखिएको छ ।
मौद्रिक नीतिमार्फत कर्जा प्रवाह कडाई र व्याजदर बढ्ने भएपनि त्यसको असर सेयरबजारमा देखिदा बजार उच्च अंकले घटेको जानकार बताउँछन् ।
आज नेप्सेमा २ सय १२ कम्पनीको ३३ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज नेप्से कारोबारमा आएका २१२ कम्पनीमध्य १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १४६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य १ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज किसान लघुवित्त कम्पनीको सर्वाधिक सेयरमूल्य ८.४१ प्रतिशत र गणपति लघुवित्तको ६.७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.७८ प्रतिशतले घटेको छ । आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक २१ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको ६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।