काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार दिन निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साउन ५ गते सामान्य अंकले घटेको छ ।
यस दिन नेप्से ५.८७ अंकले घटेर २ हजार ४४ बिन्दुमा झरेको हो । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक २ हजार ५२ अंकमा खुुलेर उच्च बिन्दु २०६६ र न्यून २०३८ बिन्दुमा झरेको थियो ।
आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक २ हजार ११ बिन्दुमा बन्द भएको थियो । नेप्से निरन्तर चार दिन ३९ अंकले उकालो लाग्दै आज ५.८७ अंकले घटेको छ ।
निरन्तर बढिरहेको बजारमा सामान्य अंकको गिरावटलाई करेक्सनको रुपमा हेरिन्छ । आज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।
नेप्सेमा १ अर्ब ६४ करोड रुपैयाँबराबको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन नेप्सेमा २ सय २५ कम्पनीको ३९ लाख ८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२५ कम्पनीमध्य ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य ७ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनीको सर्वाधिक सेयरमूल्य ३.१६ प्रतिशत र जनउत्थाल सामुदायिक लघुवित्तको २.७४ प्रतिशतको सेयरमूल्ये बढेको छ ।
त्यस्तै, आईसीएफसी फाइनान्सको ऋणपत्रको सर्वाधिक ६.७१ प्रतिशत र किसान लघुवित्तको ५.३५ प्रतिशतले सेयरमूल्य घटेको छ ।
यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक १७ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको ११ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।