काठमाडौं । नेपालमै पहिलो पटक दरबारमार्गमा रहेको दरबार सिनेम्याक्समा वुल्फ एयर मास्क राखिएको छ । कोभिड लगायत अन्य भाइरस ब्याक्टेरिया माइक्रोब्सलाइ पुर्ण रुपमा बेअसर गर्न बुल्फ एयरमास्क एयर स्टेरीलाइजेशन सिस्टम जडान गरिएको हो ।
नेपाली सिने दर्शकहरुलाई आरामदायी सुविधा र प्रीमियम विलासिताकासाथ सिनेमाको अनुभव दिने उद्देश्यले दरबारमार्गमा स्थापना भएको दरबार सिनेम्याक्समा कोभिडलगायत अन्य भाइरस ब्याक्टेरिया माइक्रोब्सलाई पुर्णरुपमा नियन्त्रण गर्न वुल्फ एयरमास्क एयर स्टेरीलाइजेशन सिस्टम जडान गरिएको हो ।
यस सम्बन्धि सम्झौतापत्रमा दरबार सिनेम्याक्सकोतर्फबाट प्रवन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयर प्रालिकोतर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरि सो प्रविधि जडान गरि शुरुवात गरिएको छ।
गुण समूहअन्तर्गत नेपालको सवैभन्दा सुविधा सम्पन्न सिनेमा भवन दरबार सिनेम्याक्सले नेपालमै पहिलो पटक ’अल अबाउट इनोभेसन‘ जर्मन प्रविधिबाट निर्मित वुल्फ एयरमास्क जडान गरिएको हो ।
यो मास्कले हावामा फैलने मोल्ड, कोरोना वा इन्फ्लुएञ्जा भाइरस, एलर्जी, ब्याक्टेरिया, परागकण, धुलो इत्यादिको वरिपरि क्लस्टरहरु बनाउँछ र तिनीहरुलाई निष्क्रिय बनाउँछ र यसले सिनेमा हलहरुमा सम्पुर्ण भाइरस या ब्याक्टेरिया धुलो र गन्ध केही समयभित्रै पुर्णरुपमा निस्प्रभावी बनाउँछ र वुल्फ मास्कले सिनेमाहलभित्र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण बनाउने कम्पनीले जनाएको छ ।
यो वुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त रहेको र वैज्ञानिक रुपमासमेत सबै उमेर समूहको लागि उपयुक्त मानिन्छ र दरबार सिनेम्याक्समा स्थापनाको चार घण्टाभित्र वायु गुणस्तर सुधार देखाएको जनाएको छ। हावाको गुणस्तर वृद्धि गरी ८ देखि १२ वायु गुणस्तर सूचकांक र PM 2.5: 4 Ug प्रति मेट्रिक क्यूब जुन वैज्ञानिक रूपमा स्वस्थ र सबै उमेर समूहका लागि उपयुक्त मानिएको कम्पनीका प्रबन्ध निर्देशक रोजन श्रेष्ठले जानकारी दिए । सोही आधारमा हलमा बसिरहदा मास्कको प्रयोग आवश्यक नपर्ने कम्पनीको दाबी छ ।
दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले वुल्फ एयर मास्क एयर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने पहिलो सिनेमा हल वन्न पाउँदा खुशी लागेको बताए। अहिलेको समयमा कोभिडको संक्रमण केही कम भएतापनी यस्को जोखिम कायमै रहेको अवस्थामा हलभित्रका दर्शकहरु, कर्मचारीहरु र परिसरमा उपस्थित सबैको सुरक्षाको लागि यो वुल्फ एयरमास्क भरपर्दो र पुर्ण सुरक्षित रहेको उनको दाबी छ।
‘हामी हाम्रा पाहुना दर्शकहरुको स्वास्थ सुरक्षाको सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्ने छैनौ,' प्रबन्ध निर्देशक शाक्यले भने, 'सोही कारण यो प्रविधी हामीले सुरू गरेका हौं ।' यो प्रविधि जडान गरेपछि सिनेपारखीहरुको लागि सुरक्षाको अधिकतम सुनिश्चितताको खातिर हलसम्म गएर सिनेमा हेर्न उच्चतम सुरक्षा मापदण्डहरु कायम राख्दै सुरक्षित वातावरणको व्यवस्थापन हुने उनले बताए ।