काठमाडौं । एनआईसी एसिया बैंकको गत आर्थिक वर्ष ०७८/०७९ मा खुदनाफा ३९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले खुदनाफा १ अर्ब २८ करोड रुपैयाँ बढाएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (आरओइ) १९.६५ प्रतिशत पुगेको छ । जुन अन्य २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको एनआईसी एसियाको दाबी छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३९.१३ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.११ रुपैया थियो । बैंकको प्रतिसेयर आम्दानी अन्य बैंकहरुको तुलनामा सबैभन्दा धेरै भएको छ ।
बैंकको कर्जा असुलीमा प्रगति हुँदा (एनपीएल) ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र पुँजी पर्याप्तता अनुपात ८.९३ प्रतिशत पुर्याई पूँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।
चौथो त्रैमाससम्ममा बैंकमा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा ८६ प्रतिशत साना तथा मझौला र खुद्रामा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा अग्रणी स्थानमा रहेको एनआईसी एसियाको दाबी छ ।
बैंकलाई देशभरमा रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
कुल जनसंख्यामध्य २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।
बैंकले आफ्नो ूथापनाको २५ वर्षको यात्रामा सेयरधनीको इष्टतम धन अधिकतमकरण गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । जसको प्रतिफल आजको बजार मुल्यमा ९ हजार ५२०.९७ बराबर पुगेको बैंकको दाबी छ ।
त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष ०७८०७९ मा मात्रै ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाइएको बैंकले जनाएको छ ।