काठमाडौं । नेपालको विज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्काे १२औं संस्करण यस वर्ष गोल्डेन ओक १२औं कृति अवार्डस् यहीँ भाद्र २६ गते हुने भएको छ ।
नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि शुरु गरेको अवार्डस् कार्यक्रमबारे बुधबार एक कार्यक्रमकाबीच घोषणा गरेको हो ।
यस वर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ । कार्यक्रममा संघका अध्यक्ष्य सोम प्रसाद धिताल र कम्पनिका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका हुन् ।
गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिनेछ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ ।
सिर्जनशिलताको लागि प्रतिष्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डस्मा विज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिनेछ ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्याड्ढनका लागि सूचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.विजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरुसहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहनेछन् ।
आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । कृति अवार्डस् विज्ञापन क्षेत्रलगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ ।
उक्त कार्यक्रममा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक व्यवसायिक परिस्थिती झल्काउने प्रतिष्ठित कार्यक्रममा आफ्नाे समूहलाई सहभागी गराउन पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने कुरा बताए ।
त्यसैगरी, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजबीबचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे ।
यस सम्बन्धमा अन्य जानकारीको लागिं. ९८४१४१०३२८ मा सम्पर्क गर्न सकिनेछ ।