गाडी निर्माता कम्पनीहरु अटो चिपको संकटबाट गुज्रिरहेका छन् । चीनमा त झन् यसको संकट अत्यधिक छ ।
यस्तो स्थितिमा सिंगापुरको एउटा सानो कार्यालयबाट केल्भिन पाङले सो समस्या समाधान नभएको भन्दै २३ मिलियन डलरको बाजी लगाउन तयार देखिएको छ ।
पाङले ६२ हजार थान माइक्रोकन्ट्रोलर चिप्स खरिद गरेको छ, जसले कार इन्जिन र ट्रान्समिसनदेखि विद्युतीय सवारीसाधनको पावर सिस्टम र चार्जिङलाई कन्ट्रोल गर्नेछ ।
यसको मूल्य जर्मनीमा २३.८० डलर रहेको बताइएको छ ।
तर, अहिले पाङले ती चिप्स चीनको टेक हब सेन्झेनका अटो सप्लायर्सलाई प्रतिगोटा ३७५ डलरमा बेच्न खोजिरहेको छ ।
पाङका अनुसार उसल प्रतिगोटा १०० डलर वा पूरै बन्डलको ६.२ मिलियन डलरको प्रस्ताव अस्वीकार गरेको छ । जुन कारको पछिल्लो सिटमा फिट गर्न सानो हुन्छ । र, अहिले हङकङको गोदाममा प्याक गरिएको छ ।
विगत दुई वर्षमा वैश्विक चिपको अभाव, बढ्दो माग र कोरोना महामारीका कारण सिर्जित आपूर्ति अराजकताले गर्दा उच्च मात्रा र कम मार्जिन बिजनेसलाई वेल्थ स्पिनिङ सम्झौता भएकामा परिवर्तन गरेको पाङको भनाइ छ ।
अटोमोटिभ चिपको माग विश्व बजारमा लामो समयसम्म रहन सक्छ । तर, पाङ र पाङजस्ता हजारौं ब्रोकरहरुले चीनतिर केन्द्रित गरिरहेका छन् । जुन एक संकटका लागि ग्राउन्ड जिरो बनेको छ । बाँकी उद्योग क्रमशः त्यही दिशामा अगाडि बढिरहेका छन् ।
समाचार संस्था रोयटर्सको सर्वेक्षणअनुसार प्रमुख पाँच उत्पादकहरुद्वारा उत्पादित १०० अटोमोटिभ चिप्सको माग वैश्विक स्तरमा लगभग एक वर्षसम्म रहन सक्छ ।
आपूर्तिको कमीबाट जुध्न जनरल मोटर्स, फोर्ड मोटर र निसान मोटरजस्ता वैश्विक वाहन निर्माता कम्पनीहरुले प्लेबुक माध्यमबाट पहुँच सुरक्षित गर्नतिर अग्रसर छन्, जसमा चिपमेकर्ससँग सीधा संवाद गर्नु, प्रतिभाग बढी भुक्तानी गर्नु र बढी इन्भेन्ट्री स्वीकार गर्नु रहेको छ ।
चीन सरकारसम्बद्ध अटो रिचर्स इन्स्टिच्युट (काटार्क) मा संलग्न अटोमेकर, सप्लायर्स र ब्रोकरमा संलग्न बीस जनाभन्दा बढी जानकारहरुका अनुसार चीनको दृष्टिकोण अन्धकार छ ।
विश्वको ठूलो कार उत्पादक, विद्युतीय वाहनको नेतृत्वकर्ता हुँदाहुँदै पनि चीन लगभग सबै चिपहरु युरोप, अमेरिका र ताइवानबाट हुने आयातमा निर्भर छ । गत महिना अटो हब सांघाईमा भएको शून्य कोभिड लकडाउनद्वारा आपूर्ति मिश्रण गरिएको छ ।
कन्टार्कका अनुसार अटोमोटिभ चिप्स अभावलाई नियन्त्रण गर्न खतरा छ । यस्तै घरेलु चिपमेकर उद्योगले आगामी दुईदेखि तीन वर्षसम्म माग धान्ने अवस्थमा छैनन् ।
पाङले सन् २०२३ सम्म चीनको कमीलाई जारी राख्दै त्यसपछिको इन्भेन्ट्री होल्ड गर्नु खतरनाक मान्छ । उसका अनुसार तीव्र आर्थिक मन्दीले मागलाई पनि कम गर्न सक्छ ।
इकोनोमिक टाइम्सबाट ।