बढ्दो तेलको मूल्य र त्यसले बजारमा सिर्जना गरेको महँगीले अमेरिकाका ठूला तेल कम्पनीले हालसालै मात्र उत्पादन बढाउन आफैंलाई दबाब दिन थालेका छन् ।
यही बेला अमेरिकी सरकारका साथै युरोपियन युनियन (ईयू) ले पनि बढीभन्दा बढी आपूर्तिका लागि नजर अन्य मुलुकमा डुलाइरहेका छन् ।
इनर्जी कन्सल्टेन्सीको नयाँ अध्ययनअनुसार विश्वमा खोजिएको तेल र ग्यास भण्डारको ६५ प्रतिशत राष्ट्रिय तेल कम्पनी (एनओसी) हरुको नियन्त्रणमा छ । साउदी अरमको, कतार इनर्जी तथा अबुधाबीको एडनोकजस्ता एनओसीबाहेक रुसको रोसनेफ्ट र गजप्रोम, नेसनल इरानियन आयल कम्पनी र भेनेजुएलाको पीडीभीएसए रहेका छन् ।
वुड म्याकको शोधअनुसार यी सात कम्पनीले अहिलेकै दरमा आगामी ४० देखि ६० वर्षसम्म तेल र ग्यास उत्पादन गर्न सक्छन् ।
विश्लेषकहरुका अनुसार यी राष्ट्रिय तेल कम्पनीहरुले सन् २०११ यता परम्परागत स्रोतमा सबै नयाँ तेल र ग्यास खोजको ४१ प्रतिशत हिस्सा बनाएको बताएका छन् । यस्तै नयाँ खोजमा एनओसीको हिस्सा सन् २०१८ पछि बढ्दो क्रममा छ । कारण, ऊर्जा संकटले उनीहरुको क्रमिक खोजलाई थप प्रेरित गरिरहेको रिपोर्टमा उल्लेख छ ।
समग्रमा राष्ट्रिय तेल कम्पनीहरुले २०११ पछि १०० मिलियन ब्यारेल तेलको खोज गरेका छन्, जुन अधिकांश तेल कम्पनीहरुको खोजभन्दा दुई गुणा बढी थियो । तर, एनओसीका लागि यो खबर शुभ भने होइन । यी ठूला कम्पनीविपरीत नयाँ खोजको व्यवसायीकरणमा एनओसी रहेको वुड म्याकका विश्लेषकको ठहर छ ।
एकातिर २०११ पछि बिग आयलले खोज गरेको दुई तिहाइ तेल व्यावहारिक र लाभदायकनिन्छ भने अर्कोतिर एनओसीले पत्ता लगाएको दुई तिहाइ तेल आकस्मिक मानिन्छ । यो निःसन्देह सही प्रोत्साहनले मात्रै बदलिन सक्छ । यद्यपि एनओसी, विशेष गरी मध्यपूर्वमा प्रोत्साहित छैन ।
तर, सत्य यही हो कि विश्वमा पहिलेदेखि नै खोजिएको तेल र ग्यासको दुई तिहाइ हिस्सा केवल माथि भनिएका सात कम्पनीहरुको नियन्त्रणमा छ । तीमध्ये चार कम्पनी विश्वकै ठूला तेल र ग्यास कम्पनी उपभोक्ताबाट प्रतिबन्धित छन् ।
युरोप र अमेरिकासामु यी ठूला उपभोक्ता आर्थिक मोडलतर्फ अघि बढिरहेका छन्, जुन अहिलेसम्मको फोसिल फ्युलमा निर्भर छ ।
यसमा एउटा के तर्क दिन सकिन्छ भने, एम्बरजस्तो संगठनद्वारा बनाइएको तेल र क्युबिक मिटर ग्यासको ब्यारल भविष्यमा फस्ने सम्पत्ति हो । यस्तो सम्पत्ति मध्य शताब्दी आसपास रोल हुनुअघि नै अप्रचलित हुन जान्छ ।
यद्यपि यस्तो तर्क कति वैधानिक हुन्छ त्यो फरक विषय हो ।
पछिल्लो ६ र विशेषगरी ३ महिनाले युरोपियन राजधानी र वासिंटन डिसीमा प्राथमिकतामाथि केही गम्भीर पुनर्विचार गर्न प्रेरित गरेको छ । तेल र ग्यास दुवै कट्टर विरोधीबाट सर्तक रक्षकमा पुगेका छन् । कारण, ऊर्जा सुरक्षाले वर्षौंमा पहिलोपटक उत्सर्जनको आशंका हटाएको छ ।
विश्वका ठूला उपभोक्ता युरोप र अमेरिकी सरकारले ऊर्जा सुरक्षामा फेरि ध्यान दिनु एक अल्पकालीन विषय हुन सक्छ । उनीहरुका अनुसार तेल र ग्यास अब केही वर्षसम्म मात्रै आवश्यक हुन्छ, जति बेलासम्म पर्याप्त वायुपार्क र शौर्य फार्म तथा कोइला ।
-आयल प्राइसबाट मीनराज बसन्तको अनुवाद ।