काठमाडौं । टाटा मोटर्सले विंगर बिएस-६ नेपाली बजारमा सार्वजनिक गरेकाे छ । माेटर्सकाे नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ टाटा बिएस-६ नेपाली बजारमा सार्वजनिक गरेको हाे ।
'प्रिमियम टफ' ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त हुने कम्पन्नीले जनाएकाे छ ।
कम्पनीकाअनुसार २.२ लिटरको डाइकोर इन्जिनजडित विंगर बिएस-६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीकाे भनाइ छ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको अनुभति गराउने बताइएकाे छ ।
टाटा विंगर बिएस-६ ले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं,' टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता बताउँछन् । उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादनमार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई विंगरले प्रतिनिधित्व गर्ने उनकाे भनाइ छ ।
त्यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भन्छन्, 'नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौ ।'
अहिले बिक्री वितरण सुरू गरेकाे विंगर बिएस-६ विभिन्न प्रयोजनहरुको लागि उपयुक्त हुनु साथै सबै दृष्टिकोणले पनि अब्बल रहेकाे उनकाे भनाइ छ । यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने उनकाे अपेक्षा छ ।
सुरक्षित यात्राको लागि विंगर स्कूलमा एबिसीसहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विंगर स्कूलमा आधुनिक विशेषताहरु छन् ।
कम्मपन्नीकाअनुसार विंगर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरुतर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गराउने कम्मपन्नीकाे विश्वास छ ।