एजेन्सी । टाटा स्टिलले चालू आर्थिक वर्ष २०२२÷०२३ मा ठूलो लगानी गर्ने भएको छ ।
कम्पनीले भारत र युरोपमा १ खर्ब २० अर्ब भारु लगानी गर्ने भएको हो ।
कम्पनीका अनुसार चालू आवमा भारतमा ८ हजार ५ सय करोड र युरोपमा ३ हजार ५ सय करोड लगानीको योजना बनाएको छ ।
यी ठाउँमा गर्दैछ लगानी
समाचार संस्था पीटीआइलाई उद्धृत गर्दै टाटाका सीईओ टीभी नरेन्दरका अनुसार कम्पनीले यो वर्ष १२ हजार करोडको लगानी गर्दैछ ।
भारतमा कलिंगनगर परियोजना विस्तार उत्खनन गतिविधिमा केन्द्रित हुनेछ । कम्पनी उडिसास्थित कलिंगनगरको क्षमता ३० लाख टनबाट ८० लाख टन बढाउनेछ ।
एनआईएमएलको अधिग्रहण
नरेन्दरका अनुसार भारतमा टाटाले उडिसास्थित निलाचल निगम लिमिटेड (एनआईएमएल) लाई प्राप्ति गर्ने भएको छ । यसका लागि १ खर्ब २० अर्ब खर्च गर्ने भएको छ ।
गत ४ जुलाईमा नै ९३.७१ प्रतिशत सेयरहिस्सासँगै एनआईएनल टाटाको कम्पनी बनिसकेको छ । कम्पनीले आफ्नो पूर्ण स्वामित्वयुक्त अनुषंगी टाटा स्टिल लङ प्रोडक्ट्समार्फत एनआईएनएललाई प्राप्ति गरेको हो ।
क्षमता वृद्धिमा जोड
एनआईएनएल टाटाको हुनु भनेको मोदी सरकारमा दोस्रो ठूलो डिल हो । यसअघि एयर इन्डियाको लगानी प्रक्रिया पूरा भइसकेपछि एयरलाइन्स कम्पनी टाटा समूहको हातमा गएको थियो । दोस्रो ठूलो कम्पनी पनि टाटाकै हातमा गएको छ ।
युरोपमा लगानीको योजना
टाटाले भारतबाहेक युरोपमा ३ अर्ब ५ सय करोड भारु लगानी गर्नेछ । यो लगानी उत्पादन मिश्रण सम्वर्द्धन तथा पर्यावरणसम्बन्धी आवश्यकतामा हुनेछ ।