काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १६.३५ अंकले बढेर २ हजार २९ बिन्दुमा पुगेर बन्द भएको छ । आज २ हजार १० बिन्दुमा खुलेको बजार उतारचढापबीच सामान्य अंकले बढ्न सफल हो ।
बढेको बजारमा १ अर्ब २९ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो । अधिल्लो दिनको तुलनामा यस दिन ८ करोड कारोबार बढेको छ । आज बजार बन्द हुँदाको बिन्दु नै बजारको उच्च बिन्दु हो ।
२ हजार १० अंकले खुलेको बजारमा न्यून २ हजार बिन्दुमा आएको नेप्से परिसूचक २ हजार २९.४३ बिन्दुमा पुगेर बन्द भएको छ ।
अघिल्लो कारोबारको तुलनामा आज नेप्से परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ ।
चालू आर्थिक वर्षको पहिलो र दोस्रो दिन नेप्से परिसूचक बढेको छ । गत वर्ष लगानीकर्तालाई निराश पारेको बजारले यो वर्षको सुरुवातमा सकारात्मक संकेत दिएको छ ।
आज नेप्सेमा २ सय १० कम्पनीको ३० लाख ९१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१० कम्पनीमध्य १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने २७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
अन्य ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज बरुण हाइड्रोपावरको सर्वाधिक सेयरमूल्य ९.९८ प्रतिशत र इमर्जीङ नेपालको ९.६२ प्रतिशतले सेयरमूल्य बढेको छ ।
त्यस्तै, सानिमा लार्ज फन्डको सर्वाधिक ५.९० प्रतिशत आज नेप्सेमा शिवम सिमेन्ट सर्वाधिक ९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सका ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।