काठमाडौं । अलिकति बचत गरेर भविष्य सुन्दर बनाउने चाहना सबैको हुन्छ । हाम्रो समाजमा घर धानिरहेका गृहणीहरु बचतको मामलामा अझ बढी सचेत छन् । उनीहरु दुई चार वर्षपछिको भविष्यलाई हेरेर बचतमा जोड दिइरहेका हुन्छन् ।
हुन पनि किन नहुन्, गृहणी महिलाहरु जति व्यावहारिक परिवारमा अरु को हुन सक्छन् ? परिवार धान्न हरेक दिनको खर्च कति भइरहेको हुुन्छ उनीहरुलाई नै थाहा हुन्छ । हरेक दिन बजारको मूल्यवृद्धि कसरी भइरहेको छ सबैभन्दा पहिले उनीहरुलाई थाहा हुन्छ ।
घर परिवारको व्यवस्थापन, घरभित्र बिग्रेभत्केको मर्मत, छोराछोरीलाई चाहिने खर्चजस्ता अनेक खर्चका बाटाहरु हुन्छन् । यो कुरा घर सम्हालिरहेका महिलालाईबाहेक अरुलाई खासै ख्याल हुँदैन । तर, परिवारको आयस्रोत भने बजारको मूल्य वृद्धिअनुसार बढिरहेको हुँदैन । अलिकति भएको बचत पैसालाई बैंकमा राखेर सकेसम्म कसरी बढीभन्दा बढी बनाउन सकिन्छ भन्ने चिन्ता गृहणीलाई नै हुन्छ ।
पैसा बचत गरेर अलिकति भए पनि ब्याज आओस् भन्ने चाहना उनीहरुको हु्न्छ । घरमा भएको खर्चबाट अलिअलि बचाएर भए पनि बैंक व्यालेन्स गरिरहेका हुन्छन्, गृहणीहरु । कुन बैंकले बढी ब्याज दिन्छ भनेर हेरिरहेका हुन्छन् । त्यही पैसा छोराछोरी वा परिवारलाई चाहिएकोे बेलामा प्रयोग गर्छन् । त्यस बेला श्रीमतीको चलाखी देखेर श्रीमान् पनि दंग पर्छन् ।
बचत गर्नुपर्छ भनेर सधैं चलाख रहने यिनै गृहणी महिलाहरुका लागि उपयुक्त हुने गरी एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया सर्वश्रेष्ठ मुद्दती १० गुणा योजना’ ल्याएको छ । यो खाताबाट आफ्नो बचतलाई दोब्बर, तेब्बर देखि १० गुणासम्म वृद्धि गर्ने अफर हो । यो योजनाले कुनै पनि बैंकमा मुद्दति खाताबाट आउने ब्याज, बीमाबाट आउने प्रतिफल वा अन्य पैसा बढाउने गर्ने कुनै पनि उपायभन्दा सतप्रतिशत बढी प्रतिफल दिने योजना हो ।
उदाहरणका लागि अहिले ५ लाख रुपैयाँ ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा राख्ने गृहणीहरुले ६ वर्षमा दोब्बर बढेर १० लाख रुपैयाँ पाउँछन् । त्यस्तै, २१ वर्षसम्म राख्ने हो भने १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ । यो अफर बचतका लागि धेरै ध्यान दिने गृहणीका लागि आफ्नो बचतलाई बढीभन्दा बढी बढाउन सकिने उपयुक्त अवसर भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन् ।
‘अहिले केही रकम बचत गरेर भविष्यमा आर्थिक सुरक्षामा सहयोग होस् भन्नेहरुका लागि यो योजना ल्याएका हौं,’ सीईओ न्यौपानेले भने, ‘गृहणी महिलाहरुका लागि यो सबैभन्दा उपयुक्त छ । जुन प्रतिफल उहाँहरुले नेपालका कुनै पनि बैंकबाट पाउन सक्नुहुन्न ।’
काठमाडौं लिटिल बुद्ध कलेजमा पढाउने जनकपुरका ३२ वर्षीय प्रमोद चौधरीका श्रीमान् श्रीमतीले पनि यही योजनामा आफ्नो रकम राखेका छन् । अध्यापनबाहेक श्रीमतीसँग मिलेर ठमेलमा ह्याप्पी वुमेन भन्ने हेन्डिक्राफ्ट व्यवसाय चलाउँछन् ।
५ वर्षको एक छोरा र २ वर्षकी एक छोरी भएका यी दम्पतीले भविष्यमा सन्तानको पढाइलाई सहयोग हुने भन्दै २१ वर्षका लागि ५ लाख रुपैयाँ राखेका छन् ।
उक्त समयमा ५ लाख रुपैयाँबाट ५० लाख हुनेछ । ‘त्यति बेला बच्चालाई पढ्न सजिलो होस् भनेर यो सानो रकम राखेका हौं,’ प्रमोदले भने, ‘उनीहरुले कलेज पढ्न थाल्दा केही न केही सहयोग पक्कै होला भन्ने लागेको छ ।’
बिमा वा अन्य कुनै पनि पैसा बढाउने गराउने तरिकाभन्दा यो योजना सबैभन्दा उपयुक्त भएको प्रमोद बताउँछन् ।
यो योजना ल्याउनुअघि एनआईसीले आमजनताको बैंकिङ आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको थियो । त्यही अध्ययनका आधारमा बैंकले निक्षेप योजनाहरूलाई निरन्तर थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू सुनिश्चित गर्न यो योजना ल्याएको जनाएको छ ।
सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा यसरी पाउन सकिन्छ १० गुणासम्म रकम फिर्ता
बैंकले २०७९ असार १२ गते छोटो समयका लागि यो योजना ग्राहकमाझ ल्याएको हो । जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइनेछ । यस योजनाअनुसार ग्राहकले मुद्दती खातामा राखेको रकम ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर पाउन सकिन्छ । मानौं कुनै ग्राहकले १० लाख रुपैयाँ राखेका छन् भने ६ वर्षमा २० लाख रुपैयाँ पाउनेछन् ।
१० वर्ष २ महिना १४ दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो भने तीन गुणा बढी प्राप्त गर्नेछन् । आफूले राखेको रकमले ४ गुणासम्म रकम प्राप्त गरोस् भन्ने चाहना ग्राहकले १२ वर्ष ११ महिना २ दिन पर्खिनुपर्छ ।
आफ्ना छोराछोरीको भविष्यका लागि भनेर १० लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणाले बढेर ४० लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी, १५ वर्ष १३ दिनमा ग्राहकको बचत रकम ५ गुणासम्म वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्षपछि छोराछोरीका लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो । यही रकम १६ वर्ष ९ महिना ६ दिनसम्म राख्ने हो भने ६ गुणासम्म रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणासम्म, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणासम्म, २० वर्ष ७ महिना १५ दिनमा ९ गुणासम्म र २१ वर्ष ७ महिना १७ दिनमा १० गुणासम्म आफ्नो बचत पुग्नेछ ।
यदि कुनै अभिभावकले स–साना छोराछोरीलाई भविष्यको लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने २१ वर्ष ७ महिना १७ दिनमा १० गुणासम्म बढेर ५० लाख रुपैयाँ पुग्छ । बैंकले यो योजना व्यक्तिगत ग्राहकबाहेक संस्थागत ग्राहक र रेमिटेन्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै अफरसहित ल्याएको छ ।