काठमाडौं । चालू आर्थिक वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ हरियो भएर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक १.९३ अंकले बढेर २ हजार ११ बिन्दुमा पुगेर बन्द भएको हो । आज २ हजार १० बिन्दुमा खुलेको बजार उतारचढापबीच सामान्य अंकले बढ्न सफल भयो ।
बढेको बजारमा १ अर्ब १७ करोडको कारोबार भएको छ । अधिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो । अधिल्लो दिनको तुलनामा यस दिन १५ करोड कारोबार घटेको छ ।
आज नेप्सेले उच्च २ हजार १८.९७ बिन्दु र न्यून १ हजार ९९४.१९ छोएको झरेको हो । आज नेप्सेमा २ सय १० कम्पनीको २७ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका ११० कम्पनीमध्य ८४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज राधी विद्युत् कम्पनीको सर्वाधिक सेयरमूल्य ५.४८ प्रतिशत, प्रभु बैंकको ४.७३ प्रतिशत, नयाँ सारथि लघुवित्तको ४.४३ प्रतिशत र कुमारी बैंकको सेयरमूल्य ४.१९ प्रतिशतले बढेको छ ।
त्यस्तै, प्रभु सेलेक्ट फन्डको सर्वाधिक ९.७८ प्रतिशत, सामुदायिक लघुवित्तको ७.५० प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ४.५४ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा अपर तामाकोसीको सर्वाधिक ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।