एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले विश्वको कुलग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार बढ्दै गएको देखाएको छ । कोषका अनुसार सन् २०२२ मा विश्वको जीडीपीको आकार बढेर १ हजार ४ खर्ब (१०४ ट्रिलियन) डलर पुग्ने छ ।
सन् २०२० मा विश्वको जीडीपीको आकार ८८ ट्रिलियन (८८० खर्ब) र सन् २०२१ मा ९४ (९४० खर्ब) ट्रिलियन डलर थियो । कोषका अनुसार विश्वका मुलुकहरुको जीडीपीको आकार एक वर्षमा १० ट्रिलियन डलर बढेको छ ।
यो वर्ष विश्व अर्थतन्त्र विस्तार ३.६ प्रतिशत हुने कोषको प्रक्षेपण छ । महामारी पछिको अवधिमा अपेक्षित रिकभरीको अवस्था राम्रो देखिएको छैन । रुस–युक्रेन द्धन्द्ध, आपूर्ति श्रृंखला अवरोधहरू र त्यसपछिको मुद्रास्फीतिको कारण, विश्वव्यापी आर्थिक वृद्धि तल रहने अनुमान गरिएको छ ।
एक देशभित्र आर्थिक गतिविधिको एक वृहत सूचक जीडीपी हो । यसले आर्थिक उत्पादनको कुल मूल्य मापन गर्दछ । वस्तु तथा सेवाहरू निजी र सार्वजनिक दुवै क्षेत्रहरूले निश्चित समय सीमाभित्र गरेको उत्पादनको गणना जीडीपीमा गरेको हुन्छ ।
कोषका अनुसार अमेरिका विश्वको सबैभन्दा ठूला अर्थतन्त्र भएको मुलुकको । अमेरिकाको कुल जीडीपी बढेर २५३ खर्ब (२५.३ ट्रिलियन) डलर पुगेको छ । सन् १८७१ देखि अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै आएको छ । विश्व अर्थतन्त्रको एक चौथाइ हिस्सा अमेरिकाको छ ।
यस्तै एसियाली मुलुक चीनले अमेरिकालाई पच्छाइरहेको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । पछिल्लो दशकमा चीनले जापानलाई उछिनेर दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको छ । चीनको जीडीपी बढेर १९९ खर्ब (१९.९ ट्रिलियन डलर पुगेको छ ।
हालैका वर्षहरूमा चीनको जीडीपी वृद्धि सुस्त भएको छ । सन २०३० मा चीनले अमेरिकालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अनुमान गरिएको छ । तेस्रो ठूलो अर्थतन्त्र हुनेमा जापान रहेको छ । जापानको जीडीपीको आकार ४९ खर्ब डलर (४.९ ट्रिलियन डलर) पुगेको छ । चीन र जापानको जीडीपीको आकारमा धेरै अन्तर रहेको छ । चौथोमा जर्मनी, पाँचौमा बेलायत र छैठौंमा छिमेकी भारत रहेको छ ।
जर्मनीको ४३, बेलायतको ३४ र भारतको ३३ खर्ब डलर रहेको कोषले जानकारी दिएको छ । यस्तै फ्रान्सको २९, क्यानाडा २२, इटालीको २१ र ब्राजिलको १८ खर्ब डलर रहेको छ । जीडीपीको आकारअनुसार युरोपमा सबैभन्दा अगाडि जर्मनी छ भने बेलायत दोस्रो स्थानमा छ । ब्राजिलले दक्षिण कोरियालाई उछिनेर शीर्ष १० मा परेको छ । रुस १८ खर्ब डलरका साथ ११ औं स्थानमा छ ।
तेलको उच्च मूल्यका कारण मध्यपूर्व र उत्तर अफ्रिकाको नेतृत्व विशेष गरी इराक र साउदी अरबले गरिरहेका छन । यहाँको क्षेत्रीय जीडीपी वृद्धि सन २०२२ मा लगभग ५ प्रतिशत हुने अपेक्षा गरिएको छ । विश्वका केही साना अर्थतन्त्रहरू विशेष गरी महामारीबाट प्रभावित भएका थिए । युक्रेनमा युद्धको परिणामस्वरूप मुद्रास्फीति र खाद्य आपूर्ति अभावबाट सबैभन्दा बढी विकशित र विकासशील मुलुकहरु प्रभावित भएका छन ।
आईएमएफका अनुसार संसारको सबैभन्दा सानो अर्थतन्त्र भएको मुलुक टुभालु हो । टुभालुको अर्थतन्त्र ६ करोड ६० लाख डलरको मात्र छ । विश्व बैंकका अनुसार विकासोन्मुख देशहरूमा २०२२ मा प्रतिव्यक्ति आयको स्तर महामारीपूर्वको प्रवृत्तिभन्दा झन्डै ५ प्रतिशत कम हुनेछ ।
केही देशहरूले वास्तवमा यो वर्ष नकारात्मक जीडीपी वृद्धि अनुभव गर्ने अनुमान छ । विशेष गरी युरोप, उदीयमान र विकासशील अर्थतन्त्रहरू रहेका छन । युरोजोनमा आयरल्याण्ड तीव्र आर्थिक वृद्धि गरिरहेको छ । सन् २०२२ मा आयरल्याण्डको जीडीपी ५.२ प्रतिशतले विस्तार हुने कोषको अनुमान छ ।
मुद्रास्फीति र आर्थिक मन्दीः कति संभव छ ?
जबकि विश्वव्यापी आर्थिक वृद्धि पहिले नै तल गएको छ । आार्थिक वृद्धिदर अझै तल झर्ने अनुमान अर्थविद्हरुले गरेका छन् । विश्व बैंक जस्ता संस्थाहरूले मुद्रास्फीति (स्ट्यागफ्लेसन) को जोखिम बढिरहेको बताउँछन् ।
विश्वव्यापी रुपमा देखिएको उच्च मुद्रास्फीति सन् १९७० पछि दोस्रो हो । एक स्थिर आर्थिक उत्पादनसँग बढ्दो मुद्रास्फीतिको अनुभव गर्ने अर्थव्यवस्था को रूप मा परिभाषित गरिएको छ । विश्वव्यापी उपभोक्ता मुद्रास्फीति हाल ७ प्रतिशत अनुमान गरिएको छ ।
विश्वभरका केन्द्रीय बैंकहरूले स्थिति नियन्त्रण गर्ने प्रयास गर्दा दैनिक सामानहरू खरिद गर्न झन्झटिलो हुँदै गइरहेको छ । यसले गर्दा ब्याजदरहरू बढिरहेका छन । श्रीलंकामा हालैका घटनाहरूले देखाएअनुसार कम आय भएका देशहरू विशेष गरी आर्थिक अस्थिरताको जोखिममा छन ।